नियम ४४
कायम मुकायम वा निमित्त भई काम गरेको तलब भत्ता पाउने
(१) कुनै पदमा
कायम मुकायम भई वा पन्ध्र दिन भन्दा बढी अवधि निमित्त भई काम गरेकोमा त्यसरी
काम गर्ने कर्मचारीले जुन पदको काम गरेको छ सोही पदको तलब भत्ता त्यसरी काम
गरेको मितिदेखि पाउनेछ ।
(२) उपनियम (१) बमोजिम कायम मुकायम वा निमित्त भई काम गर्ने
कर्मचारीले पाउने तलब भत्ता निजले एक श्रेणी माथिको पदमा बढुवा पाएमा पाउने
तलब भत्ताभन्दा बढी हुने छैन ।
तर त्यसरी पाउने तलब भत्ताको रकम निजले खाईपाई आएको तलब भत्ताभन्दा
घटी हुनेछैन ।